
काठमाडौं, जेठ ३०- नागरिकता माग्दै माइतीघर मण्डलमा धर्नामा बसेका युवकले आत्मदाहको प्रयास गरेका छन् ।
७ दिनदेखि धर्नामा बसेका २५ वर्षीय निरज कामतले आफ्नो शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेको प्रहरीले जानकारी दिएको छ ।
उनको स्वास्थ्य परीक्षणको लागि ट्रमा सेन्टर लगिएको बताइएको छ । नजिकै प्रहरी भएकाले उनलाई तत्काल रोक्न सफल भएको र युवकको अवस्था समान्य रहेको काठमाडौं जिल्लाका जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरूद्ध परेको रिटमाथि आज सुनुवाइ हुने भएको थियो । तर हेर्न नभ्याइने भएपछि उनले उक्त कदम चालेको बताइएको छ ।


















