Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जेनजी आन्दोलनका सहिदको सूची सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न गृहको सर्कुलर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २२ गते


Advertisement

काठमाडौं । गृह मन्त्रालयले जेनजी आन्दोलनका सहिदको सूची आफ्नो कार्यकक्षमा राख्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ।

सोमबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी गृहले तीन दिनभित्र ‘जेनजी सुशासन’ योद्धाहरू’ को नामावली सीडीओको कार्यकक्षमा राख्न भनेको हो।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७६ जना व्यक्तिहरू मारिएका थिए। उनीहरूमध्ये ४५ जनालाई सरकारले सहिद घोषणा गरी राजपत्रमा प्रकाशित गरिसकेको छ।

उनीहरूकै नामावली तोकिएको ढाँचामा राख्न प्रजिअलाई गृहले निर्देशन दिएको हो। परिपत्रसाथ गृहले ४५ जनाको नामावलीसमेत पठाएको छ।

 


प्रतिकृया दिनुहोस्