Hamro Sanchar

मेलम्चीको पानी काठमाडौं पठाइयो

रासस प्रकाशित : २०८० जेठ, १७ गते


काठमाडौं, जेठ १७- मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौं पठाइएको छ । यही जेठ ६ गतेदेखि मर्मतका लागि आयोजना बन्द गरिएको थियो ।

हेलम्बु गाउँपालिका– १ स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ, ०७८ असारको बाढीले क्षति पुर्‍याएको हेडवर्क्सलगायत संरचनाको मर्मतका लागि बन्द गरिएको पानी सोमबार साँझदेखि काठमाडौं पठाइएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्