Hamro Sanchar

कांग्रेसले भन्यो- नागरिकता विधेयकलाई भारत भ्रमणसँग जोड्नु हाँस्यास्पद

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, १७ गते


काठमाडौं, जेठ १७- सत्ता साझेदार दल नेपाली कांग्रेसले नागरिकता विधेयक प्रमाणीकरणलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणसँग नजोड्न आग्रह गरेको छ । पार्टी प्रचार विभाग प्रमुखसमेत रहेका केन्द्रीय सदस्य मीन विश्वकर्माले नागरिकता विधेयकको सम्बन्ध भारत, चीनसहित कुनै पनि मुलुकसँग नभएको बताए ।

“सन्दर्भ परेको होला वा मिलेको होला । तर, यो नागरिकता विधेयक भारतसँग वा कुनै पनि देशसँग सम्बन्ध वा सरोकार नै राख्दैन । तर, हामी नेपालीहरू हावा र हल्लामा अगाडि बढ्ने भएकाले नागरिकता विधेयकले छिमेकी कुनै पनि मित्र राष्ट्रसँग केही पनि सम्बन्ध राख्दैन,” उनले भने, “किनभने यसमा अंगीकृत नागरिकताबारे बोलिएकै छैन । वैवाहिक अंगीकृतको विषयमा पनि बोलेको छैन, केही लेखेको छैन । नलेखेको कुरा मात्र चर्चा भएको हो । जे लेखेको छ, त्यसको विषयमा चर्चा नै भएको छैन ।” उनले नागरिकता विधेयकमा भएका सकारात्मक विषयको चर्चा नभएको पनि बताए ।


प्रतिकृया दिनुहोस्