Hamro Sanchar

विद्यालयको छात्रावासमा १३ वर्षीय बालक झुन्डिएको अवस्थामा मृत फेला, स्कुल तनावग्रस्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, १७ गते


काठमाडौँ, जेठ १७- काठमाडौंको नयाँ बजारस्थित एक विद्यालयको छात्रावासमा १३ वर्षीय बालक झुन्डिएको अवस्थामा फेला परेका छन् । नयाँ बजारस्थित इलिफ्स स्कुलमा कक्षा ५ मा अध्ययनरत अभिषेक तामाङ सोही विद्यालयको छात्रावासमा झुन्डिएको अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

धादिङ घर भएका कक्षा ५ मा अध्ययनरत विद्यार्थी मृत फेला परेका हुन् । उनी आफू बस्ने कोठा भित्रै झुण्डिएको अवस्थामा गएराति मृत फेला परेको लैनचौर प्रहरीले जनाएको छ ।

उनको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । मृत्युको कारण खुलिसकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आफूहरू घटनास्थल आउनुअघि नै पोस्ट मार्टमका लागि शव अस्पताल लगेको भन्दै बालकका आफन्तले विरोध प्रदर्शन गरेका छन् ।


प्रतिकृया दिनुहोस्