Skip

Hamro Sanchar

काठमाडौ आउन लागेको बुद्धको विमानमा मुसा देखेपछि…

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, ६ गते


काठमाडौं, जेठ ६- शनिबार बिहान जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा यात्रुले मुसा देखेपछि उडान स्थगित भएको छ ।

आज बिहान सवा ९ बजे काठमाडौं उड्न लागेको बजेको बुद्ध एयरको उडान नम्बर–५०२, ९एन–एजेएल विमानको उडान स्थगित भएको हो । काठमाडौं उड्न लागेको जहाजमा यात्रुले मुसा देखेपछि उडान रोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतले जनाएको छ ।

उक्त जहाजमा ४९ जना यात्रु बोर्डिङ भइसकेका थिए । जनकपुरका यात्रु लिन सो जहाज बिहान ८ बजे काठमाडौबाट यात्रु लिएर जनकपुर पुगेको थियो । जहनज काठमाडौं उड्न लागेको बेला यात्रुले जहाजमा मुसा देखेका थिए ।


प्रतिकृया दिनुहोस्