Hamro Sanchar

शान्तिले गरिन् आफ्नै शरिरमा आगो लगाएर आत्महत्या

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, ६ गते


काठमाडौं, जेठ ६- काठमाडौंको चन्द्रागिरि नगरपालिका–९ स्थित मच्छेगाउँमा आफैँलाई आगो लगाएर एक महिलाले आत्महत्या गरेकी छन् ।

रामेछाप घर भएकी ३६ वर्षीया शान्ति श्रेष्ठले आफ्नै शरिरमा आगो लगाएर आत्महत्या गरेकी हुन् ।

चन्द्रागिरि नगरपालिका–९ मा डेरामा श्रीमानसँग बस्ने शान्तिले शुक्रबार दिउँसो पौने ३ बजे शरीरमा पेट्रोल छर्केर
आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

कीर्तिपुर अस्पतालमा उपचारको क्रममा शान्तिको शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्