दोलखा, जेठ ५- दोलखाको मेलुङ गाउँपालिकामा कुटाकुट हुँदा एक व्यक्ति गम्भीर घाइते भएका छन् । गाउँपालिकास्थित वडा नम्बर-५ का बाबूकाजी मगर (तुल बहादुर)ले स्थानीय प्रकाश मगरलाई कुटपिट गरि गम्भीर घाइते बनाएका हुन् ।
पुर्वगाविस अध्यक्ष तिलक बहादुर मगरको छोरा बाबूकाजीले प्रकाशलाई भाला लगायतका धारिलो हतियार प्रयोग गरी सक्त घाइते बनाएका हुन् ।
गाउँपालिका वडा नम्बर-५ पाखेका प्रकाशको ज्यान नै मार्ने उद्देश्यले निर्घात कुटपिट गरि घाइते बनाइ बाबूकाजी फरार रहेका छन् ।
घाइतेका आफन्तले फरार ब्यक्तिलाई यथा सिघ्र कानुनी कठघरामा ल्याई घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाहीको लागि जोडदार माग गरेका छन् ।
घाइते मगरलाई हाल उपचारका लागी काठमाडौं लैजाने तयारी भएको र नेपाल प्रहरी समेतको टोली घटना स्थलमा पुगेको वडा अध्यक्ष राजु तामाङले जानकारी दिए ।
घटना हुनुको कारण भने अझै खुल्न सकेको छैन ।