Hamro Sanchar

दुई बस एक आपसमा ठोक्किँदा एकको घटनास्थलमै मृत्यु, ११ को अवस्था गम्भीर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, ५ गते


दाङ, जेठ ५- दाङमा भएको सवारी दुर्घटनामा परी एक जनाको मुत्यु भएको छ । दाङको देउखुरीमा शुक्रबार बिहान दुई बस एक आपसमा ठोक्किँदा एक जनाको मुत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमका अनुसार रोल्पा रुन्टीगढी– ७ निवासी ४३ वर्षीया सोभा परियारको घटनास्थलमा नै मृत्यु भएको हो । सो दुर्घटनामा परी दर्जन भन्दा बढी घाइते हुन पुगेका छन् ।

लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका–३ फल्कापुरमा बिहान एक आपसमा ठोक्किएर सो दुर्घटना भएको हो ।

भालुवाङतर्फ जाँदै गरेका बसका चालक तुल्सीराम रामिजाल गम्भीर घाइते भएका छन् । दुई दर्जनभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । जसमा ११ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई थप उपचारका लागि नेपालगञ्जलगायतका स्थानमा पठाइएको छ ।


प्रतिकृया दिनुहोस्