Hamro Sanchar

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले नै प्रस्तुत गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, ३ गते


काठमाडौं, जेठ ३- सरकारले संसद्‍मा सार्वजनिक गर्ने नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने भएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति उपस्थित भएर उनैले वाचन गर्ने संसद्‍ सचिवालयले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य समस्याका कारण नीति तथा कार्यक्रम प्रधानमन्त्री वा उपराष्ट्रपति कसले वाचन गर्ने भन्नेमा अन्योल थियो ।

बुधबार राष्ट्रपति कार्यालयबाट संसद्‍ सचिवालयमा पठाइएको पत्रमा राष्ट्रपति स्वयंले नीति तथा कार्यक्रम वाचन गर्ने उल्लेख छ ।

प्रतिनिधिसभा तथा राष्ट्रिय सभा नियमावली अनुसार सरकारको नीति तथा कार्यक्रम सदनमा राष्ट्रपतिले नै पढ्नुपर्ने प्रावधान छ । संविधानको धारा ९५ तथा प्रतिनिधिसभा र राष्ट्रिय सभा नियमावलीको नियम ३८ मा नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।

राष्ट्रपतिले प्रस्तुत गर्न नसकेको खण्डमा भने उपराष्ट्रपतिले वाचन गर्नुपर्ने विज्ञहरूले बताएका छन् ।


प्रतिकृया दिनुहोस्