
काठमाडौं, बैशाख ३१- नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ । रायमाझी काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ परेका हुन् ।
उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी आउँदा उनी अर्घाखाँचीस्थित महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सव उद्घाटन कार्यक्रममा थिए । त्यहाँबाट काठमाडौं हिँडेका रायमाझी फरार थिए ।
पूर्वमन्त्री रायमााझी भैरहवा बसेर काठमाडौं आएका थिए ।
भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा रायमाझीमाथि छ ।