Hamro Sanchar

ट्रक घरमा ठोक्किँदा ३ जनाको मृत्यु, ५ जना घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, २० गते


तनहुँ, बैशाख २०- तनहुँमा ट्रक घरमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् ।

बुधबार बिहान बन्दीपुर गाउँपालिकाको आधिखोलास्थित पृथ्वी राजमार्ग सडक खण्डमा डुम्रे तर्फबाट मुग्लिन तर्फ जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सन बहादुर भुजेलको घरमा ठोक्किन पुगेको थियो ।

दुर्घटनामा ८ जना घाइते भएको चितवनस्थित पुरानो मेडिकल कलेजमा तीन जनाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए । मृत्यु हुनेमा आयुस भुजेल, चेत बहादुर घर्ती र सन बहादुर भुजेल रहेका छन् ।

अन्य ५ जना घाईतेहरुको उपचार भइरहेको छ । घाइतेहरुमा आयुसा भुजेल , जस्मिन भुजेल , ईश्वर भुजेल , समिर भुजेल र सन्तोष भुजेल रहेका छन् ।


प्रतिकृया दिनुहोस्