Hamro Sanchar

कागेश्वरीका ३ वडाका घर-घरमा खानेपानी वितरणको काम अघि बढ्यो, दर्ता गर्न छुटेकालाई सम्पर्कमा आउन अनुरोध

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, २० गते


Advertisement

काठमाडौं, बैशाख २०- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका ३ वडामा शुद्ध खानेपानी वितरणको काम तीव्र रुपमा अघि बढेको छ । नेपाल सरकार शहरी खानेपानी क्षेत्रगत आयोजना अन्तर्गत नगरपालिकाका वडा नम्बर ३,४ र ५ भित्रका करिव ४ हजार घरमा शुद्ध खानेपानी उपलब्ध गराउने योजना अनुरुप कामहरु अघि बढेको हो ।

प्रत्येक घरमा खानेपानी उपलब्ध गराउने योजनाअनुरुप ६०० घनमिटर नयाँ ट्यांकी निर्माण हुँदैछ । भने अन्य कामहरु तीव्र रुपमा अघि बढेको छ ।

अपाङ्ग मैत्री शौचालय, घुम्ति शौचालय, १६ ठाउँमा फायर हाइड्रन्ट, विद्यालय र अन्य संस्थाहरुमा आकासे पानी पुर्नभरणसहितको आधुनिक प्रबिधियुक्त्त स्काडा प्रणालीबाट पानी बितरण हुने बताइएको छ ।

डाँछी भद्रबास शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा हालसम्म २ हजार ६ सय धारा दर्ता भएका अझै १ हजार ४ सय धारा दर्ता हुन बाँकी रहेकाले छिटोभन्दा छिटो खानेपानी कार्यालय डाँछी रिजालटारमा सम्पर्क गर्न नगरप्रमुख उपेन्द्र कार्कीले उपभोक्ताहरुलाई अनुरोध गरेका छन् ।

यो आयोजना २०२४ को डिसम्बर सम्म सम्पन्न गर्नुपर्ने सम्झौता भएको नगरप्रमुख कार्कीको भनाई छ ।


प्रतिकृया दिनुहोस्