Skip

Hamro Sanchar

महावीर पुनसँग सरकारले तत्काल संवाद गर्नुपर्छ : महामन्त्री शर्मा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, १७ गते


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महावीर पुनका माग राज्यले तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन्। धर्ना बसेका पुनसँग सरकारले तत्काल संवाद गर्नुपर्ने पनि उनले बताए।

नेपाल विद्यालय कर्मचारी परिषदले शनिबार ललितपुरमा गरेको कार्यक्रममा बोल्दै महामन्त्री शर्माले भने, ‘महावीर पुन नवप्रवर्तन र आविष्कारका लागि राज्यले प्राथमिकता दिओस् भनेर सडकमा पुग्नु परेको छ। प्रधानमन्त्रीले पुनसँग संवाद गरी माग सम्बोधन गर्नुपर्छ।’

प्रधानमन्त्री पुष्पकमल दाहालसँग बालुवाटारमा भएको भेटमा पनि आफूले पुनका माग राज्यबाट सम्बोधन हुनुपर्ने कुरा राखेको शर्माले बताए।


प्रतिकृया दिनुहोस्