
पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–३ मा चटयाङ लागेर एउटै फर्मका ५४ वटा भेडा मरेका छन् । चट्याङ लागेर स्थानीय सन्तवीर राइ, कुमार राई, प्रकाश राई, टेकबहादुर गुरुङले सञ्चालन गरेको फर्मका ५४ वटा भेडा मरेका हुन् ।
चटयाङले १२ वटा भेडा घाइते भएका छन् । भेडा फर्मको स्याहार सुसारमा जुटेका याङ्बरक–३ निवासी प्रेम राई सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
राईलाई शरीरमा बाहिरी चोट नदेखिए पनि शरीरको दाहिने पाटो नचल्ने र बोल्न नसक्ने अवस्थामा फेला पारी उपचारका लागि फालेलुङ स्वास्थ्य चौकी पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख ९डीएसपी० हरि खतिवडाले जानकारी दिनुभयो । भेडा मर्दा किसानलाई १५ लाखभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान छ ।