
काठमाडौँ । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको संसदमा अनुपस्थितिको विषयमा विवाद हुँदा संसद बैठक आधा घण्टाका लागि स्थगित भएको छ। सभामुख देवराज घिमिरेले स्वास्थ्य उपचारका लागि निरन्तर २१ वटा बैठकमा कोइरी अनुपस्थित भएको संसदलाई जानकारी गराएका थिए।
सभामुखले उनीलाई विरामी भएकाले संसदमा अनुपस्थिति भएको जानकारी भएपछि एमालेबाहेकका सांसदले उठेर विरोध जनाएका थिए। हत्या आरोपमा फरार रहेका सांसद कोइरीको बारेमा स्पष्ट जानकारी गराउन दलहरूले माग गरेका छन्। नेपाली कांग्रेसका प्रमुख रमेश लेखकले फरार रहेको मान्छेलाई बिरामी बिदामा रहेको बताउँदा जग हँसाइ हुने पनि बताएका छन्।
दलहरूको विरोधपछि बैठक आधा घन्टाका लागि स्थगित भएको छ। हिँउदे अधिवेशनको अन्तिम दिन प्रतिनिधिसभा बैठक नयाँ बानेश्वरमा बसेको हो।