काठमाडौँ । एसिसी प्रिमियर कपअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्दै चौंथो विकेट गुमाएको छ। कप्तान रोहित पौडेल २७ रनमा आउट भएसँगै नेपाल संकटमा परेको छ। ९ रन जोड्दा २ विकेट गुमाएको नेपालले ५७ रन जोड्दा तेस्रो विकेट गुमाएको थियो। नेपालले ६२ रनमा चौंथो विकेट गुमाएको थियो।
नेपालका लागि कुशल भुर्तेल २ रन तथा भीम सार्की ६ रनमा आउट हुँदा आसिफ शेख १९ रन बनाएर पेभिलियन फर्किए। आसिफले कप्तान रोहित सँग तेस्रो विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए। अहिले क्रिजमा कुशल मल्ल र सोमपाल कामी क्रिजमा रहेका छन्।
टियु क्रिकेट मैदान कतारले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिले ब्याटिङ गरिरहेको छ। नेपालले ओमानसँगको खेलबाट टिममा एक परिवर्तन गरेको छ। तीव्र गतिका बलर करण केसीलाई बेन्चमा राख्दै नेपालले आजको खेलमा गुलशन झालाई प्लेइङ ११ मा राखेको छ। टोलीमा अन्य परिवर्तन गरिएको छैन्।
नेपाल प्रतियोगितामा अपराजित रहेको छ। कतारलाई हराउँदै नेपाल अपराजित रहने ध्याउनमा रहेको छ। नेपाल ३ खेलमा २ जित र एक खेलमा अंक बाँड्दै ५ अंकका साथ तत्काललाई अंक तालिकाको दोस्रो स्थानमा रहेको छ।
कतार भने प्रतियोगितामा जितविहीन रहेको छ। नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेट, दोस्रो खेलमा ओमानलाई ८४ रनले हराउँदा साउदीसँग वर्षाको कारण अंक बाँडेको थियो