Hamro Sanchar

बारा २ मा उपेन्द्रको अग्रता, शिवचन्द्र ३ हजार मतले पछि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, १२ गते


काठमाडौँ । बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादवले मतान्तर बढाउँदै लगेका छन्। जसपाका अध्यक्ष समेत रहेका सत्ता गठबन्धनका साझा उम्म्ेदवार यादवले ९ हजार ८ सय ७० मत प्राप्त गरेका छन्।

निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार यादवले ९ हजार ८ सय ७० मत पाउँदा उनलाई पछ्याइरहेका शिवचन्द्र कुशवाहले ६ हजार ७७१ मत प्राप्त गरेका छन्। उनीहरूबीच ३ हजार ९९ मतको अन्तर छ।

त्यस्तै, यहाँ नेकपा एमालेका उम्मेदवार तेस्रो र रास्वपाका उम्मेदवार चौथो स्थानमा छन्। एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले ३ हजार ७ सय र रास्वपाका रमेश खरेलले १ हजार १ सय ७४ मत पाएको आयोगको तथ्यांकमा उल्लेख छ।


प्रतिकृया दिनुहोस्