Skip
आज : २०८२ कार्तिक २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

‘प्रचण्ड’ र नेपालले कम्युनिष्ट पार्टीलाई ध्वस्त बनाए: ओली

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, ९ गते


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल सस्तो मूल्यमा बिकेर कम्युनिष्ट पार्टीलाई ध्वस्त बनाएको आरोप लगाएका छन्।

कम्युनिष्ट पार्टी स्थापना दिवसको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले उनीहरुले कम्युनिष्ट पार्टीको झण्डा राख्नु नै विकार भएको टिप्पणी गरे।

उनले भने, ‘दुई तिहाई पुर्यायौं हामीले। पार्टी एकता गरेर। तर, टुप्पामा बस्ने नेताहरुलाई सहिसक्नु भएन र विके। यतिकै उनीहरुले कम्युनिष्ट पार्टी ध्वस्त पारेको होइन होला। सस्तो मूल्यमा बिके। केकस्तो मुल्य उहाँहरुलै जान्नुहोला। बाहिरबाट देख्ने धेरै कुरा हामीले देखेका छौं। भित्रीकुरा उहाँहरुनै जान्नुहोला।’उनले सबै पार्टीमा रहेका वामपन्थी र परिवर्तन चाहनेहरुलाई एमालेमा आउन आह्वान गरे।


प्रतिकृया दिनुहोस्