आज : २०८१ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आफू विरुद्धको मुद्दा झुटो र आधारहीन: हनी सिंह

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, ८ गते


Advertisement

एजेन्सी। हालै एक इभेन्ट कम्पनीका मालिकले गायक हनी सिंह विरुद्ध मुम्बईको बीकेसी पुलिस स्टेसनमा कुटपिट र अपहरणको मुद्दा दायर गरेका छन् । बिहीबार हनी सिंहले सामाजिक सञ्जालमा आफू विरुद्ध दायर गरिएको मुद्दा झुटो र आधारहीन भएको बताएका छन् । उनले आफ्नो कानुनी टोलीले छिट्टै मानहानिको मुद्दा दायर गर्न सक्ने बताए ।

वास्तवमा मुम्बईका विवेक रमन नामका एक व्यक्तिले हनी सिंहमाथि अपहरण र कुटपिट गरेको आरोप लगाएका छन् । यस विषयमा प्रहरीले कारबाही सुरु गरेको छ ।

हनी सिंहले आफूमाथि लगाइएको आरोप निराधार भएको बताए सामाजिक सञ्जालमा पोस्ट गर्दै हनी सिंहले लेखेका छन् – मेरो विरुद्धमा गरिएको यो उजुरी पूर्णतया झुटो र आधारहीन छ । मिडिया रिपोर्टहरूमा देखाइए अनुसार मेरो कम्पनी र उजुरीकर्ता बीच कुनै न कुनै सम्झौता भएको न यी बीच कुनै सम्बन्ध नै छ ।

‘मैले मुम्बईमा सो गर्न ट्राइबाइब नामक कम्पनीलाई सम्पर्क गरेको थिएँ । प्रतिष्ठित कम्पनी हुनुका साथै यो बुक माई शोको भगिनी कम्पनी पनि हो,’ उनले भनेका छन् ।


प्रतिकृया दिनुहोस्