Hamro Sanchar

अमृत साइन्स क्याम्पसको स्ववियु अध्यक्षमा क्रान्तिकारीका प्रेम जैशी निर्वाचित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, ४ गते


काठमाडौं । अमृत साइन्स कलेज (अस्कल) को स्ववियु अध्यक्षमा संयुक्त गठबन्धन तर्फका अखिल क्रान्तिकारीका प्रेम जैशी निर्वाचित भएका छन् ।

जैशी ५४४ मत सहित स्ववियु अध्यक्षमा निर्वाचित भएका छन् । उनी अनेरास्ववियुका उम्मेदवार कमलराज जोशी भन्दा ९ मत बढी ल्याएर निर्वाचित भएका छन् । सचिवमा अनेरास्ववियुका रुद्रहरी पोख्रेल, कोषाध्यक्षमा नेविसंघकी निहारिका चौधरी निर्वाचित भएकी छिन् ।

एक हजार ८०० मतदाता विद्यार्थी भएको क्याम्पसमा १९ सदस्यीय स्ववियु समितिको लागि भएको निर्वाचनमा एक हजार ३७५ मत खसेको छ ।


प्रतिकृया दिनुहोस्