Skip

Hamro Sanchar

नयाँ शैक्षिक सत्र आजदेखि सुरू, १५ दिनसम्म विद्यार्थी भर्ना अभियान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, ३ गते


काठमाडौं । आजबाट नयाँ शैक्षिक सत्र सुरु भएको छ । आजदेखि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका २७ हजार ८१२ सामुदायिक विद्यालयमा ‘समयमै भर्ना, समयमै ज्ञानस गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ वैशाख १५ गतेसम्मलाई विद्यार्थी भर्ना अभियान सञ्चालन गरिरहेको छ ।

तीन तहको सरकारले संयुक्त रुपमा विद्यालय बाहिर भएका विद्यार्थीलाई विद्यालयमा ल्याउनको लागि भर्ना अभियान सञ्चालन गरिरहेको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार २०७४ सालको तुलनामा २०७८ सालमा सामुदायिक विद्यालयमा विद्यार्थी २०.१४ प्रतिशतले घटेका छन् भने संस्थागत विद्यालयमा ४७.५५ प्रतिशतले बढेका छन् ।


प्रतिकृया दिनुहोस्