Hamro Sanchar

प्रधानमन्त्री प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, २ गते


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज शनिवार बिहान भएको भेटवार्ता केही बेरअघि सकिएको छ।

भेटमा सरकार विस्तार, देशको पछिल्लो आर्थिक अवस्था र उपचुनावबारे चर्चा भएको बताइएको छ। यद्यपि कांग्रेस सभापति देउवाका स्वकीय सचिव भानु देउवाले भने आज उपचुनावबारेमात्र छलफल भएको बताएका छन् ।

वैशाख १० गते चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ। ती क्षेत्रमा गठबन्धनबाट चितवनमा कांग्रेसका जितनारायण श्रेष्ठ, तनहुँ १ मा कांग्रेसबाट गोविन्द भट्टराई र बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव चुनावी मैदानमा छन्। आफ्ना उम्मेद्वारको पक्षमा जित निकाल्न र चुनावका दिन शान्ति सुरक्षाको विषयमा भेटमा छलफल भएको बताइएको छ।


प्रतिकृया दिनुहोस्