Hamro Sanchar

वर्षमान पुनकी आमामाथि गोलि प्रहार, अवस्था खतरामुक्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, २ गते


काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ । भीआईपी सुरक्षामा खटिएका एक सदस्यले शुक्रबार राति साढे ९ बजे गोली चलाएको प्रहरी स्रोतले जनाएको ।

उपत्यका प्रहरी कार्यालयका एक उच्च अधिकृतका अनुसार गोली लागेर नेता पुनकी आमा ७४ वर्षीय तीर्थमाली पुन घाइते भएकी छन् । उनको खुट्टामा गोली लागेको छ । गोली लागेर घाइते पुनकी आमा तिर्थमालीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ।

ट्रमा सेन्टरमा उनको उपचार भइरहेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । गोली चलाउने प्रहरीलाई राति १ बजे नियन्त्रणमा लिइएको छ । उनलाई प्रहरी प्रधान कार्यालयमा लगेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । नेता पुन भने उपचारका लागि चीनमा छन् ।


प्रतिकृया दिनुहोस्