Hamro Sanchar

सिन्धुलीमा कार दुर्घटना, ४ जना भारतीय नागरिकको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, २९ गते


काठमाडौं । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा ४ जना भारतीय नागरिकको मृत्यु भएको छ ।

मंगलबार राति साढे १२ बजे भारतीय नम्बरप्लेटको बीआर ०६ डिडी ०६८७ कार दुर्घटना भएको र चार जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए । उनका अनुसार तीन जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा सिन्धुली जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा एक जना पुरुष घाइते भएका छन् । उनलाई उपचारका लागि धुलिखेल पठाइएको डीएसपी दाहालले बताए ।


प्रतिकृया दिनुहोस्