Hamro Sanchar

ऋण लिएर तिर्दिनँ भन्नु गलत हो : अर्थमन्त्री महत

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, २८ गते


Advertisement

काठमाडौ । अर्थमन्त्री डा.प्रकाशशरण महतले ऋण लिएर तिर्दिनँ भन्नु गलत भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभामा बोल्दै उनले ऋण लिएपछि तिर्दिनँ भन्नु गलत भएको बताए ।

अर्थमन्त्री महतले अर्थतन्त्र सुधारको लागि सरकार गम्भीर भएर लागिपरेको पनि बताएका छन् । उनले अर्थतन्त्रमा केही दबाब परेको र यसमा सरकार गम्भीर रहेको बताए ।

अर्थतन्त्र सुधारको लागि सरकारले अल्पकालीन र दीर्घकालीन नीति बनाउन लगेको बताए । अल्पकालीनमा पुँजीगत खर्च बढाउने र अनावश्यक खर्च घटाउने, समयमा काम नसक्ने खालका समस्या समाधान गर्नेतर्फ लगेको बताए ।

“हामी सबैमा कमीकमजोरी छ । त्यसलाई सुधार गरेर अघि बढनु पर्छ,” उनले भने । अर्थमन्त्री महत चालु खर्च बढाउन सरकार र निजी क्षेत्र समन्वय आवश्यक रहेको औँल्याए ।


प्रतिकृया दिनुहोस्