Hamro Sanchar

६४ जनामा कोरोना संक्रमण पुष्टि, ३५७ संक्रिय संक्रमित

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, २५ गते


Advertisement

काठमाडौं । पछिल्लो २४ घण्टामा ६४ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १ हजार १७० नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार हाल देशभरमा ३५७ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १५ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् भने १५ जनाको आईसीयू र ५ जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ ।


प्रतिकृया दिनुहोस्