Hamro Sanchar

टीकापुर बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल नै विजयी

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, २२ गते


कैलाली । कैलालीको टीकापुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल विजयी भएको छ । स्ववियु सभापतिमा नेविसंघका नृप थापा नेतृत्वको प्यानल विजयी भएको हो । थापा ४७५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका सुन्दर विश्वकर्मा थापाले ३४२ मत पाए ।

नागरिक विद्यार्थी समाजबाट भीमबहादुर चौधरीले २६६ र अनेरास्ववियु क्रान्तिकारीबाट भूपेन्द्र रावलले २३३ मत पाएका थिए । सचिवमा नेविसंघका मणिराज भट्ट ५१० ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी नागरिक विद्यार्थी समाजका अनुज चौधरीले २८७ मत पाए ।

कोषाध्यक्षमा अनिता डंगौंरा थारु ४७४ मत ल्याएर विजयी भइन् । सदस्यमा नेविसंघकै कुलराज भाट, निशा शाह, प्रदीप कुमार चौधरी, सरोज कुमार धामी, पार्वती कुमारी जोशी, इन्द्रबहादुर विक र गिरेन्द्र बोहरा विजयी भएको निर्वाचन अधिकृत लालसिंह कार्की निर्वाचित भएका छन् । १६ सय १२ मतदाता रहेको टीकापुर बहुमुखी क्याम्पसमा १३ सय ४३ मत खसेको थियो ।


प्रतिकृया दिनुहोस्