Skip
आज : २०८२ कार्तिक २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

क्याफेमा विस्फोट हुँदा रुसी सेनाका चर्चित ब्लगरको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, २० गते


एजेन्सी । रुसको सेन्ट पिटर्सवर्गमा भएको विस्फोटमा रुसी सेनाका चर्चित ब्लगर भ्लाद्लेन तातार्स्कीको मृत्यु भएको छ। सेन्ट पिटर्सबर्गस्थित एक क्याफेमा भएको विस्फोटमा कम्तीमा २५ जना घाइते भएका छन्।

शहरको स्ट्रिट फुड बार नं.१ को क्याफेमा विस्फोट हुँदा तातार्स्कीको मृत्यु भएको र अरु २५ जना घाइते भएको क्षेत्रीय गभर्नर अलेक्जेण्डर बेलगोभले पुष्टि गरेका छन्। टेलिग्राममा मेक्सिम फोमिनको नाममा परिचित तातार्स्कीका पाँच लाख ६० हजार फलोअर छन्।

रुस–युक्रेन युद्धको पक्षमा थुप्रै ब्लग बनाएका उनी नयाँ सैन्य अभियानमा सहभागी हुँदै आएको अल जजिराले जनाएको छ। सेन्ट पिटर्सवर्गमा भएको विस्फोटबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।


प्रतिकृया दिनुहोस्