Hamro Sanchar

जब प्रधानमन्त्रीसामु मिटरब्याज पीडित धुरुधुरु रोए…

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, १८ गते


काठमाडौं । मिटरब्याज पीडितले आफूहरूको समस्या समाधानमा गम्भीर बनिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् ।

न्याय माग्दै आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका पीडितहरूले धुरुधुरु रुँदै आफ्ना समस्या सुनाएका थिए । उनीहरूले गाउँबाट उठिबास लाग्ने अवस्थाबाट बचाइदिन आग्रह गरे ।

प्रधानमन्त्रीले मिटरब्याजको दीर्घकालीन समस्या हल गर्न सरकारले गृहकार्य थालिसकेको बताए ।


प्रतिकृया दिनुहोस्