Hamro Sanchar

माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा जारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, ११ गते


काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको छ । नयाँ समीकरणअनुसार सरकार विस्तारबारे छलफलका बीच पार्टी पदाधिकारी बैठक बसेको हो ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रदेखि प्रदेशको सत्ता समीकरणमा प्याकेजमा सहमति खोज्ने प्रयासमा छन् । नेताहरुबीच सामूहिक रुपमा तथा दुई पक्षीय वार्ताहरु भइरहेका छन् । तर, सत्ता बाँडफाँडको विषयमा ठोस सहमति हुन सकेको छैन । यसले गर्दा प्रधानमन्त्रीमाथि अझै १६ वटा मन्त्रालयको भार रहेको छ ।

आज बस्ने बैठकमा सत्ता समीकरणकै विषयमा छलफल केन्द्रित हुने बताइएको छ । बैठकले माओवादीको बटमलाइन तय गर्ने बुझिएको छ ।


प्रतिकृया दिनुहोस्