Skip

Hamro Sanchar

प्रधानमन्त्री प्रचण्डले किन बोलाए सबै मन्त्रीलाई सिंहदरबार ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, १० गते


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै मन्त्रीलाई सिंहदरबारमा बोलाएका छन्। शुक्रबार अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको अवस्थामा प्रचण्डले सबै मन्त्रीलाई तत्कालै प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आउन निर्देशन दिएका हुन्।

सरकारले अपरान्ह बस्ने मन्त्रिपरिषद्‍बाट नेपाल प्रहरीको नयाँ आईजी नियुक्त गर्ने तयारी गरेको छ। नयाँ आईजीका लागि हालै बढुवा भएका वसन्त कुँवर, टेकप्रसाद राई, किरण बज्राचार्य र श्यामलाल ज्ञवाली प्रतिस्पर्धामा छन्। अर्का एआईज्ञजी दीपक पछिल्लो ब्याचका हुन्।

आईजीपी धीरजप्रताप सिंहले बिदा लिने तयारी गरिरहेका बेला शुक्रबार नै नयाँ आईजीको टुंगो लाग्नेछ।


प्रतिकृया दिनुहोस्