Hamro Sanchar

स्ववियु निर्वाचन: क्याम्पसले मनोनयन दर्ताका लागि आव्हान गर्दा पनि आएनन बिद्यार्थी संगठन

सुदिप बर्देवा प्रकाशित : २०७९ चैत्र, ५ गते


काठमाडौं, चैत ५- त्रिभुवन विश्वविद्यालयका अधिकांश क्याम्पसहरुमा आज स्ववियु निर्वाचन भइरहेको छ । तर काठमाडौंको जडीबुटीमा रहेको कोटेश्वोर बहुमुखी क्याम्पसमा भने क्याम्पस प्रशासनले बिद्यार्थी संघ संगठनहरुलाई मनोनयन दर्ताका लागि आह्वान गर्दा समेत बिद्यार्थी संगठनहरु मनोनयन दर्ताका लागि नआएको भन्दै क्याम्पस प्राशासनाले सुचना निकालेको छ ।

क्याम्पसले स्ववियु निर्वाचनका लागि मनोनयन दर्ताको समय आज बिहान ७:०० बजे देखि ८ :३० बजे सम्मको समय सिमा तोकेको थियो । निर्धारीत समय सिमा भित्र कुनै पनि संघ संगठन मनोनयन दर्ताका लागि नआएको क्याम्पस प्रशासनले जारी गरेको सुचनामा उल्लेख छ ।

 

यस क्याम्पसम्म बिद्यार्थी संगठनहरु बीच आन्तरिक  विवाद छ । क्याम्पसले स्ववियु निर्वाचनको  प्रक्रिया अगाडी बढाउन यस अघि पटकपटक प्रयास गरे पनि सहमति जुट्न सकेको थिएन।

यो संगै काठमाडौं उपत्यकामा ८ र बाहिरका ६ क्याम्पसमा गरि १४ वटा क्याम्पसमा चुनाव स्थगित भएको छ ।

काठमाडौंमा २२ आंगिक क्याम्पसहरूमध्ये अस्कल, त्रिचन्द्र, आरआर, विश्वभाषा, मिनभवन, आयुर्वेद कीर्तिपुर, पाटन र कोटेश्वर क्याम्पस गरी ८ क्याम्पसमा निर्वाचन स्थगित भएको छ ।

काठमाडौं उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस पोखरा, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज लगायतका क्याम्पसमा पनि स्ववियु निर्वाचन स्थगित भएको छ ।


प्रतिकृया दिनुहोस्