Hamro Sanchar

१३ क्याम्पसमा भएन स्ववियु चुनाव

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, ५ गते


काठमाडौं, चैत ५- आन्तरिक विवादका कारण काठमाडौं उपत्यकामा ७ र बाहिरका ६ क्याम्पसमा गरि १३ वटा क्याम्पसमा चुनाव स्थगित भएको छ ।

त्रिभुवन विश्वविद्यालयका अधिकांश क्याम्पसहरुमा आज स्ववियु निर्वाचन भइरहेको भए पनि काठमाडौं उपत्यका भित्रका ७ र उपत्यका बाहिरका ६ वटा क्याम्पसमा निर्वाचन हुन नसकेको हो । त्रिविका १३ वटा क्याम्पसमा आज चुनाव नहुनुमा बिद्यार्थीहरुको आन्तरिक बिवाद भएकाले स्थगित भएको निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ ।

काठमाडौं उपत्यकाभित्रका ७ र बाहिरका ६ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुन नसकेको समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीले जानकारी दिए ।

काठमाडौंमा २२ आंगिक क्याम्पसहरूमध्ये अस्कल, त्रिचन्द्र, आरआर, विश्वभाषा, मिनभवन, आयुर्वेद कीर्तिपुर र पाटन गरी ७ क्याम्पसमा निर्वाचन स्थगित भएको छ ।

काठमाडौं उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस पोखरा, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज लगायतका क्याम्पसमा पनि स्ववियु निर्वाचन हुन नसकेको अधिकारीले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्