
काठमाडौं । भिजिबिलिटी बढ्न थालेसँगै सामान्य रुपमा उडान अवतरण हुन थालेको छ । बिहान भिजिबिलिटी १५ सय मिटरमा हुँदा काठमाण्डौको त्रिभुवन विमानस्थलबाट हुने उडान अवतरण प्रभावित भएको थियो ।
अहिले भने सामान्य रुपमा उडान अवतरण भइरहेको विमानस्थल कार्यालयले जनाएको छ। केही दिनदेखि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मौसम धुम्म भइरहेको छ ।
पश्चिमी वायुको प्रभावका कारण वायुमण्डलमा जलवाष्पयुक्त हावा थुप्रिएको र जमिनका धुवाँधुलो उडेर वायुमण्डलमा रहेको पानीमै मिसिँदा मौसम धुम्म भइरहेको मौसमविद् मञ्जु बासीले जानकारी दिएका छन्।
यसपालि पश्चिमी निम्न चापीय प्रणाली पानी पार्ने गरी सक्रिय नहुँदा हिउँदमा खासै पानी पर्न सकेन । पानी नपर्दा प्रदूषण बढेको छ ।