Hamro Sanchar

कैलालीमा एउटै रुखमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव फेला

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, १८ गते


काठमाडौं । कैलालीमा एउटै रुखमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार कैलारी गाउँपालिका–७, बसन्ताको खरौला सामुदायिक वनमा ५८ वर्षीया गेदुराम दास र ४५ वर्षीया ललितादेवी चौधरीको शव झुन्डिएको अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका कैलालीका डीएसपी कुलदिप चन्दका अनुसार घटनाको कारण खुलेको छैन । उनीहरु दुवैजना विवाहित र छिमेकी समेत हुन् । शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएकोे र अनुसन्धान कार्य जारी रहेको डीएसपी चन्दले बताए ।


प्रतिकृया दिनुहोस्