Hamro Sanchar

विपद् जोखीम न्यूनीकरण सम्बन्धी तालिममा भाग लिन तीन नगरप्रमुख जापानमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, १४ गते


काठमाडौं, फागुन १४- विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन सम्बन्धी तालिममा भाग लिन काठमाडौं उपत्यका भित्रका तीन नगरपालिकाका नगरप्रमुख जापान पुगेका छन् । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) को आयोजनामा हुने तालिममा भाग लिन कागेश्वरी मनोहराका नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, सूर्यविनायकका नगरप्रमुख बासुदेव थापा र चन्द्रागिरीका मेयर घनश्याम गिरी शनिबार जापान प्रस्थान गरेका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तालिमका लागि काठमाडौं उपत्यकाबाट काठमाडौं महानगर, कागेश्वरी, सूर्यविनायक र चन्द्रागिरी नगरपालिकालाई छनौट गरेको थियो ।

मन्त्रालयकाअनुसार भ्रमणको सबै खर्च आयोजक संस्था जाईकाले नै ब्यवस्थापन गरेको छ । तालिम फेब्रुअरि २५ तारिखदेखि ११ मार्चसम्म हुने बताइएको छ ।

विपत भनेको के हो ? प्रकोप भनेको के हो ? प्रकोप, विपत, विपत व्यवस्थापन, क्षमता, जोखिम, न्यूनीकरण, संकटासन्नता, पूर्वतयारी, पूर्वसूचना प्रणाली, खोज, उद्धार, राहत, पुनर्निर्माण, पुनस्र्थापना, उत्थानशील जस्ता बिषयमा तालिम दिइने बुझिएको छ ।


प्रतिकृया दिनुहोस्