Hamro Sanchar

एमाले दोलखा विवाद : चुनाव जित्न लाखौको चलखेल, आफ्नो पराजयपछि सचिवलाई कारबाही, के हो वास्तविकता ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, १५ गते


काठमाडौं, फागुन १३- नेकपा एमाले दोलखाका सचिव हिरा थोकरले स्पष्टीकरण पेश गरेका छन् । चुनावमा अन्तर्घात गरेका कारण चुनाव हारेको भन्दै जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठले जिल्ला सचिव थोकरलाई स्पष्टिकरण सोधेका थिए ।जिल्ला अध्यक्ष श्रेष्ठले प्रदेशसभा ‘क’ मा आफु र प्रतिनिधिसभामा एमाले नेता बालकृष्ण शिवाकोटी पराजित भएपछि सचिव हिरा थोकरलाई स्पष्टिकरण सोधेका हुन् ।

चुनावमा पराजय ब्यहाेरेपछि दोलखा एमालेमा विवाद सुरु भएको थियो ।

स्पष्टिकरणको जवाफ दिंदै सचिव थोकरले अध्यक्ष श्रेष्ठसँग स्पष्टिकरण सोध्ने नैतिक धरातल समेत नरहेको बताएका छन् ।

थोकरले आफु पार्टीको एउटा बफादार सिपाही भई २०४३ सालदेखि जीवनभर पार्टीका लागि जीवन मरणको सवाल नराखी अनवरत रुपमा लागि नै रहेको तर उसैमाथि निर्वाचनको परिणामलाई लिएर कुत्सित मनशायका साथ अनावश्यक आरोप लगाएको बताएका छन् ।

चुनावी परिणाम पश्चात नैतिकताको आधारमा राजिनामा दिएका जिल्ला सचिव हिरा थोकरले अध्यक्ष श्रेष्ठले आफुलाई उक्साएर राजिनामा दिन लगाएर आफुले भने राजिनामा नदिएको स्पष्टीकरणमा उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘तपाईलाई याद छ होला मंसिर १९ गते मतगणना सकेपछि मैले तपाईलाई फोन गरेर निर्वाचन हारेकोमा पदाधिकारीले नैतिक जिम्मा लिनु पर्ला नि ? भन्दा तपाईले तपाई पनि राजीनामा दिनुस, म पनि दिन्छु भन्नु भएकोले मैले राजीनामा दिने घोषणा गरे तर तपाईले राजिनामा दिनु भएन । त्यसपछि मैले राजीनामा नगर्ने सोच बनाएँ ।’

श्रेष्ठले चुनाव जित्नका लागि ३ करोडभन्दा बढी रकम खर्च गरेका बुझिएको छ । उनले विपक्षी दलका नेता कार्यकर्ता फकाउन र भोट तान्न लाखौ चलखेल गरेको सचिव थोकरले स्पष्टीकरणमा उल्लेख गरेका छन् । थोकरका अनुसार श्रेष्ठले २०७९/८/१ गते नेकपा माओवादी केन्द्रको नेता प्रेम लामा, छिरिङ थोकर र प्रखर थोकरलाई घरमा बोलाएर प्रदेश सभामा आफुलाई र प्रनिनिधि सभामा माओवादी उम्मेदवारलाई सघाउने सहमति गरी पैसा दिएर पठाएको र मतदानको दिन बुथ कब्जा गरी थप भोट हालेमा ५ लाख रुपियाँ थप दिने सहमति गरि नेकपा एमाले नेता विदुर शर्मालाई ५ लाख रुपियाँ पठाएको बताएका छन् ।

श्रेष्ठले नेपाली काँग्रेसको नेता दिर्घलाल लामालाई घरमै बोलाएर पैसा दिएको स्पष्टिकरणमा उल्लेख गरिएको छ । थोकरले विपक्षी पार्टीका नेतासँग श्रेष्ठको उठबस र पार्टीद्वारा गठित हाईकमाण्डको औचित्यको बारेमा पनि प्रश्न गरेका छन् । थोकरले आफु पालिका अध्यक्ष भैरहदा श्रेष्ठ कै निर्देशनमा १० औ जना भन्दा बढीलाई खानेपानी पाइप वितरण गरिएको, कतिपयलाई योजनाको आश्वासन दिइएको, पार्टीको निर्वाचन सामग्री सम्बन्धित स्थानमा पुऱ्याउन पालिकाको सरकारी साधन व्यापक प्रयोग गरिएको लेखेका छन् ।

अध्यक्ष श्रेष्ठविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका थोकरले ‘लक्ष्मी मावि मतदान केन्द्रमा ८० प्रतिशत मत खसेको भन्ने तपाईको स्पष्टीकरण कपोकल्पित छ भन्ने कुराको पुष्टी यस कारण हुन्छ की । त्यस मतदानकेन्द्रमा जम्मा मतदाता १९९१ रहेकोमा ९१२ मात्र मतदान भएको छ । यो मत कुल मतको ८० प्रतिशत कसरी भयो ? भन्दै प्रश्न गरेका छन् ।

२०७९/८/१८ गते राती चरिकोटको होटल गौरी होराइजनमा श्रेष्ठले एमालेका बागमती प्रदेश कमिटी सदस्य एवं दोलखा सह-इन्चार्ज डवल पाण्डेलाई गरेको कुराबाट माओवादीसँग साँठगाठ भएको कुरा पुष्टी हुने बताएका छन् । थोकरले संवेदनशिल मतदान केन्द्र वडा नं ५ को डाँडाखर्क मावि मतदान केन्द्रमा आफ्नै कारण नम्बर वडामा शान्तिपूर्वक मतदान भएको बताएका छन् साथै समकक्षीलाई मिथ्या आरोप लाएर राजनैतिक रुपमा सक्काउने षड्यन्त्र रचेको भन्दै दुख व्यक्त गरेका छन् ।

थोकरले जिल्ला उपसचिव धर्मेन्द्र मोक्तानले आर्थिक विभाग प्रमुख मुरारी शिवाकोटीले निर्वाचन खर्च वापत मेलुङ गाउँपालिका कमिटी अध्यक्ष अम्बिका गोलेको नाममा जारी गरेको बैंक चेक खोसेर च्यात्ने काम गरेको, मुरारी शिवाकोटीमाथि हातपात गरेको, गाउँपालिकाको ७ वटै वडालाई रु ५० हजारको दरले दिने निर्वाचन खर्च वाहेक ३ लाख रकम धर्मेन्द्र मोक्तान आफैले राखेको, ९० हजार भाडामा लिएको गाडिको भाडा रु. १ लाख ८० हजार भनी अनियमितता गरेको, २०७४ सालको स्थानीय तहको निर्वाचनमा बैतेश्वर गाउँपालिकाको आफ्नै पर्टीको उम्मेदवार ऋषीकेश उप्रेतीसँग १४ लाख रुपैया लिई असहयोग गरेको लगायत आर्थिक हिनाबिनाका विषय उठाएका छन् ।

मतदानको दिन गत मंसिर ४ गते विहान ९ बजे पार्टी अध्यक्षले पटक-पटक मतदान केन्द्र छाड्न भनेको स्मरण गराउदै म्याच फिक्सिंगको आरोप कसलाई लाग्नु[पर्ने भन्दै प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘तपाईले मलाई मतदान केन्द्र छाड्न किन भन्नु भएको ? मेले मतदान केन्द्र नछाडे पछि पटक पटक मतदान केन्द्र छाड्न भनि रहनु भयो । अरुलाई पनि फोन गरेर हिरालाई त्यहाँबाट जानु भन्नु भएको रहेछ । माओवादी केन्द्रीय सदस्य शंकर लामालाई पनी फोन गरेको छ किन ? तपाईको लगातार फोन आए पछि करिव ११ बजे त्यहाँबाट २ नम्बरको बुथमा गएँ । त्यसपछि तपाईले माओवादीसँग मिली बुथ कब्जा गर्न स्थानीय कार्यकर्तालाई भन्नु भएछ । तर मैले थाहा पाएर स्थानीय कार्यकर्तालाई त्यसो नगर्न अनुरोध गरेपछि उक्त कार्य रोकियो । यो विषयमा Match Fixing को आरोप कसलाई लाग्नु पर्ने हो ?’

द्वन्दकालमा आफु गाउँमा पार्टी संगठन निर्माणको क्रममा माओवादीको अपहरण र कुटपिटबाट ३ वर्ष विस्थापित भएको तर श्रेष्ठ सदरमुकाम बसेर उही माओवादीलाई चन्दा दिँदै निजी शैक्षिक संस्था चलाएर बसेको, धर्मेन्द्र मोक्तान गैरीमुदीमा माओवादीलाई पैसा दिएर बोडिङ चलाएर बसेको स्पष्ट पारेका छन् ।

अध्यक्ष श्रेष्ठले आफुलाई २ बर्षपछी हुने दशौँ जिल्ला अधिवेशनबाट नेतृत्वमा पुग्ला भन्ने डरले अहिलेबाटै रोक्न खोजेको आरोप लगाएका छन् ।

यस्तै थोकरले अध्यक्ष श्रेष्ठले आफूमाथि लगाएको आरोप निष्पक्ष छानबिन गर्न जिल्ला कमिटी, बागमती प्रदेश संगठन कमिटी, केन्द्रिय अनुशासन आयोग, केन्द्रिय कमिटीलाई अनुरोध गरेका छन् । हाम्रोसंचारसँग कुरा गर्दै उनले आरोप पुष्टि भए जुनसुकै कारबाही भोग्न तयार रहेको बताएका छन् । उनले आफु जस्तै पार्टीका अरु नेता कार्यकर्तालाई झुटा आरोप नलगाई पार्टी एकताबद्ध र संगठित बनाउन अध्यक्ष श्रेष्ठलाई अनुरोध गरेका छन् ।

श्रेष्ठको कार्यकालमा एमालेको लाल किल्ला भनिएको दोलखामा खुम्चिएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा दोलखाको २ वटा नगरपालिका र ७ वटा गाउँपालिका मध्ये ५ वटा गाउँपालिका जितेको एमालेले २०७९ को स्थानीय निर्वाचनमा १ नगर र एक पालिका मात्र जितेको छ ।

श्रेष्ठले नेपाली कांग्रेसका युवा नेता कुन्दन काफ्लेसँग ७८८७ मतान्तरले चुनाव हारेका थिए भने नेता शिवाकोटी माअ‍ोवादी केन्द्रका उम्मेदवार गंगा कार्कीसँग ३ सय १८ मतले पराजित भएका थिए ।

जिल्ला अध्यक्ष श्रेष्ठ र सचिव थोकर मेलूङ गाउँपालिकाका बासिन्दा हुन् ।

यो पनि पढ्नुहोस्कागजमा निर्णय लेखेर लोकप्रिय हुनु छैन, काम गरेर देखाउछु : गाउँपालिका अध्यक्ष थोकर,

प्रतिबद्धता पुरा गर्न नसके राजनितिबाटै सन्यास लिन्छु : गाउँपालिका अध्यक्ष थोकर

यस्तो छ जिल्ला सचिव थोकरको स्पष्टिकरण :


प्रतिकृया दिनुहोस्