Skip

Hamro Sanchar

राप्रपा राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, १२ गते


काठमाडौं । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको छ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले राप्रपाको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने निर्णय गरिएको जानकारी दिए। उनले राष्ट्रपति निर्वाचनसम्बन्धी अन्य विषयमा छलफल जारी रहेको पनि बताए।


प्रतिकृया दिनुहोस्