Hamro Sanchar

नेपाली भलिबलकाे मुख्य प्रशिक्षकमा बेल्जियमका जान डी ब्रान्ट नियुक्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, १ गते


Advertisement

काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षकमा बेल्जियमका जान जोसे डी ब्रान्ट नियुक्त भएका छन् । नेपाल भलिबल संघका महसचिव रोशन श्रेष्ठले बेल्जियमका प्रशिक्षक जान डीलाई राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको जानकारी दिएका छन्। बेल्जियम प्रशिक्षक जान डीलाई ६ महिनाको लागि राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको हो । उनले नेपालको महिला र पुरुष दुबै टोली हेर्ने छन् ।

ुहामीले बेल्जियममा जान डीलाई मुख्य प्रशिक्षक नियुक्त गरेका छौँ । ६ महिनाका लागि सम्झौता भईसकेको छ । उहाले महिला र पुरुष दुबै टोली हेर्नुहुन्छ । नेपालका प्रशिक्षकहरुलाई समेत प्रशिक्षण दिनेछन्, महासचिव श्रेष्ठले भने ।

महासचिव श्रेष्ठले प्रशिक्षक जान डी आगामी मार्च पहिलो हप्ता नेपाल आईपुग्ने जानकारी दिए । उनी अगस्टसम्म नेपालमा रहने छन् । अन्तराष्ट्रिय भलिबल महासंघ ९एफआईभीभी० को सहयोगमा जान डी नेपाल आउन लागेका हुन् । एफआईभीभीको सहयोगमा हामीले उँहालाई प्रशिक्षक नियुक्त गरेका हौँ । खान र बस्नलाई राखेपले सहयोग गर्नेछ । यातायात लगायतको सुविधा भलिबल संघबाट हुन्छ, श्रेष्ठले थपे ।

६४ वर्षीय प्रशिक्षक जान डी निकै अनुभवी प्रशिक्षक हुन् । बेल्जियमका पूर्व राष्ट्रिय खेलाडी समेत रहेका जान डीले बेल्जियम र हंगेरीको राष्ट्रिय महिला टिम हेरिसकेका छन् । महासचिव श्रेष्ठले नेदरल्याण्ड्सका प्रशिक्षक हान एबिङ पनि नेपाल आउने जानकारी दिए ।

महासचिव श्रेष्ठका अनुसार एसियन गेम्सको ४५ दिन अघि नेपाली टोलीलाई प्रशिक्षण दिन डच प्रशिक्षक एबिङ नेपाल आउने छन् । चीनमा आयोजना हुने एसियन गेम्समा नेपालको महिला र पुरुष भलिबल टोलीले सहभागिता जनाउदैछ ।


प्रतिकृया दिनुहोस्