Skip

Hamro Sanchar

मौसम बदली, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी लाग्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ माघ, २९ गते


काठमाडौं । देशक विभिन्न स्थानमा आज पनि मौसममा बदली भएको छ । प्रदेश नं। १, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश नं। १, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा अपरान्हतिर हावाहुरी लाग्ने सम्भावना रहेको छ।

सोमबार र मंगलबार भने मौसम बदली भए पनि वर्षा र हिमपातको सम्भावना भने न्यून रहेको छ ।


प्रतिकृया दिनुहोस्