Hamro Sanchar

३ हजार युरो सहित क्रोएसिया जान लागेका २१ जना विमानस्थलबाट पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ माघ, ४ गते


काठमाडौं । क्रोएसिया जान लागेका २१ जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । राजकुमार लिम्बु, रोहित रायमाझी, गोविन्द राना लगायत २१ जना पक्राउ परेका हुन् ।  प्रहरीका अनुसार दुबई हुँदै क्रोएसिया जान लागेका उनीहरुको साथबाट जनही २ हजार देखि ३ हजार युरो बरामद भएको छ, जबकी राहदानीमा त्यति रकम दरपिट गरेको थिएन ।

सोधपुछका क्रममा पदमबहादुर विश्वकर्माले पठाएको बयान दिएपछि प्रहरीले उनलाई पनि विमानस्थालको गेट बाहिर पक्राउ गरेको छ । उनको साथबाट १ लाख २० हजार रुपैयाँ बरामद भएको छ । थप अनुसन्धान र कानुनी कारबाहीका लागि उनीहरुलाई राजश्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्