Hamro Sanchar

विमान दुर्घटना: स्थलगत निरिक्षण गर्न प्रधानमन्त्री प्रचण्ड सहित गृहमन्त्री पोखरा जाँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ माघ, १ गते


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा जाने भएका छन् । उपप्रधान र गृहमन्त्री सहित उनी पोखरा जान लागेको उनको सचिवालयले जानकारी दिएको छ ।“हामी केहीबेरमै पोखरा प्रस्थान गर्दैछौं । प्रधानमन्त्री सहित उपप्रधान, गृह र अन्य मन्त्रीहरु पनि जाने कुरा छ,” एक सचिवालय सदस्यले भने ।

काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एनएएनसी एटीआर विमान आइतबार पोखरा विमानस्थलनजिक दुर्घटना भएपछि स्थलगत निरिक्षण गर्न उनी पोखरा जान लागेका हुन् । उक्त दुर्घटनामा चालक दलका चारसहित ७२ जना सवार थिए ।

काठमाडौंबाट १० बजेर ३३ मिनेटमा उडेको विमान पोखरा महानगरपालिका–७ र १५ को बीचमा रहेको खोँचमा खसेको थियो । दुर्घटना भएको पाँच मिनेटपछि आगो लागेको प्रत्यक्षदर्शीको भनाइ छ ।


प्रतिकृया दिनुहोस्