Hamro Sanchar

क्रिकेटर सन्दीप लामिछाने कारागारबाट निकालिए

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, २९ गते


काठमाडौं । बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछाने केन्द्रीय कारागार, सुन्धाराबाट निकालिएका छन् । उनलाई कारागारबाट जिल्ला अदालत, काठमाडौं हाजिर गराइने जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताए । लामिछानेलाई विभिन्न सर्तसहित २० लाख रुपैयाँ धरौटी लिएर छाड्न बिहीबार उच्च अदालत, पाटनले आदेश दिएको थियो ।

न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको हो । आदेश प्राप्त हुनासाथ उनलाई अदालत उपस्थित गराइएको जेलर बाँस्कोटाले बताए ।

लामिछानेलाई धरौटीमा छाड्न अदालतले ५ वटा सर्त राखेको छ । ती सर्त उलंघन भएको अवस्थामा पुर्पक्षका क्रममा धरौटी माग गर्ने आदेश स्वतः निष्कृय हुने भनिएको छ ।


प्रतिकृया दिनुहोस्