Hamro Sanchar

मेरा सांसदबाट कुनै अनियमितता भए निर्मम कारबाही गर्ने वाचा गर्छु : गृहमन्त्री लामिछाने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, २५ गते


Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जनताले दिएको मतअनुसारको सरकार बनेको बताएका छन् । सोमबार पहिलो पटक बसेको संसद् बैठकमा धारणा राख्दै लामिछानेले उक्त धारणा राखेका हुन्।

पहिलो बैठकबाटै उनले सांसदहरुलाई आफ्ना मान्छे छुटाउन कुनै पनि किसिमको दबाब नदिन अनुरोध गरेका छन् । उनले भने, ‘छातीमा हात राखेर भन्न चाहन्छु- म र मसँग सम्बद्ध दलबाट अनियमितता हुनेछैन। भएको खण्डमा निर्मम कारबाही गर्ने वाचा गर्न चाहन्छु।’

उनले यसपटक जनताले जस्तो जनमत दिएका थिए त्यहीअनुसार सरकार बनेको बताए। उनले अहिले जनताले दिएको मत निराशाको नभएर आशाको भएको बताए।

‘नेपाली जनताले दिनुभएको आशाको मत, सम्पूर्ण राजनीतिक दलमाथि गरिएको आशाको मत हो’, लामिछानेले भने, ‘नेपाली जनताले यसपटक जानेर नजानेर असाध्यै जानेर मत दिनुभएको छ। कसैलाई पनि नमातिने गरी सचेत रुपमा मत दिनुभएको छ। सचेत गराउने गरी आएको यो मतलाई हामी न्याय गर्नेछौँ।’


प्रतिकृया दिनुहोस्