
काठमाडौं । अमेरिकामा नेपाली मूलका एक पुरुषको बिहीबार राति गोली हानी हत्या गरिएको छ । अमेरिकाको कोलोराडोस्थित एक कन्भिनियन्स स्टोर संचालक (मालिक) भेषराज लामिछानेलाई गोली हानी हत्या गरिएको हो । लामिछाने तनहुँको दमौलीका हुन् । तर उनी ८ वर्ष अघि (सन २०१४) मा डिभी परेर अमेरिका पुगेका थिए।
बिहीबार राति एक बन्दुकधारीले गोली चलाउँदा उनलाई लागेको हो । र, उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । ५३ वर्षका लामिछानेमाथि गोली चलाउने अपराधीलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । गोली चलाउने अपराधि २६ वर्षका स्वानाथन डि एन्जेलो रहेको त्यहाँको प्रहरीले जनाएको छ। लामिछानेको चार सन्तान रहेको बताइएको छ ।