Hamro Sanchar

सभामुखको निर्वाचन माघ ७ गते गर्ने तयारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, २२ गते


Advertisement

काठमाडौं । प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ गते गर्ने तयारी भएको छ । प्रतिनिधिसभाको अधिवेशन २५ गते बोलाइएको छ ।

त्यसअघि शुक्रबार बसेको सर्बसदलीय बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् । उनले भने, ‘यसमा लगभग सहमति भएको छ ।’


प्रतिकृया दिनुहोस्