काठमाडौं, पुस १८- काठमाडौंको कागेश्वरी-मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की अस्वस्थका बाबजुद पनि वैशाखी टेकेर फिल्डमा पुगेका छन् । नगर क्षेत्र भित्र निर्माण हुँदै गरेको पाटीटार खेल मैदानको निरीक्षण गर्न नगरप्रमुख कार्की बैशाखी टेकेर सोमबार निर्माणाधीन खेलमैदानको फिल्डमा पुगेका हुन् ।
केही समय अगाडि उनको खुट्टामा चोट लागेको थियो ।
तर, खुट्टा फ्याक्चर भएको अवस्थामा पनि उनले बैशाखी टेकेर निर्माण समितिका अध्यक्ष दिनेश प्रसाद फुयाल सहित ईन्जिनियर र ठेकेदारसंगै नगरप्रमुख कार्की फिल्डमा पुगेका हुन् । नगरप्रमुख कार्कीले निर्माणाधीन पाटीटार खेल मैदानको कामको अनुगमन र अवलोकन गर्दै खेल मैदानमा आवश्यक कार्यहरु क्रमबद्द रुपमा सम्पन्न गर्दै जानुपर्ने आवश्यकता औंल्याए ।
उनले राष्ट्रिय खेल मैदान निर्माणका लागि विशेषयज्ञको परामर्ष प्रक्रिया र इन्जिनियरिङ प्रक्रिया अनुरुप थप कार्यको सुरूवात गरि खेल मैदानलाई नगर भित्रको नमुना र व्यवस्थित खेल मैदानको रुपमा स्थापित गर्ने प्रतिबद्धता समेत जनाए ।
नगरपालिकाले आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रममै नगरलाइ स्पोर्टस सिटी (खेलकुद नगरी)को रुपमा विकास गर्ने योजनाका साथ अघि बढेको छ भने नगरपालिकालाई स्पोर्टस सिटी बनाउने उदेश्यका साथ ‘खेलकुद नगरी संभाब्यता अध्ययन तथा समन्वय समिति’ निर्माण गरेर काम अगाडी बढाई रहेको छ ।