Hamro Sanchar

प्रधानमन्त्री प्रचण्ड सरकारी निवास बालुवाटार प्रवेश, गंगा दाहालले बुझिन् चाबी

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, १३ गते


काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको चाबी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले बुझेकी छन् । उनलाई शहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले बालुवाटारको चाबी हस्तान्तरण गरेका हुन् । ज्योतिषी टिकाराम घिमिरेले जुराएको साइत अनुसार आज बुधबार ५ बजे सरिसक्नुपर्ने भए पनि उनी एक घन्टा ढिलोगरी प्रवेश गरेका थिए ।

सरकारी निवासहरु शहरी विकास मन्त्रालय मातहतमा पर्छ । प्रधानमन्त्रीलाई नै चाबी हस्तान्तरण गर्न पदीय मर्यादा नमिल्ने हुनाले प्रधानमन्त्रीका परिवारका सदस्यलाई दिने प्रचलन रहेको एक अधिकारीले जानकारी दिए ।

 

 


प्रतिकृया दिनुहोस्