Hamro Sanchar

प्रधानमन्त्रीको टुङ्गो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, १० गते


Advertisement

काठमाडौँ । सत्तारूढ गठबन्धनको बैठक शनिबार बिना निष्कर्ष सकिएपछि आइतबार पनि बैठक बस्ने भएको छ । प्रधानमन्त्रीबारे सहमति जुटाउनका लागि आज पुनस् बालुवाटारमा बिहान १० बजे बैठक बस्न लागेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबारको बैठकमा प्रधानमन्त्री को पहिला बन्ने भन्नेबारेमा टुङ्गो लगाउने बताए । शनिबार बिना निष्कर्ष टुङ्गिएपछि सञ्चारकर्मीसँग बोल्दै उनले अबको सरकार गठबन्धनकै नेतृत्वमा बन्ने दावी गरेका थिए ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्षकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई जसरी भएपनि प्रधानमन्त्री बनाउनुपर्ने माग गर्दै आइरहेका छन्। यता प्रधानमन्त्री शेरबहादुर देउवा भने प्रधानमन्त्री छाड्ने पक्षमा सहमति हुन सकेका छैनन्। यता कांग्रेसका नेताहरू प्रचण्डलाई फकाउने कसरतमा लागिरहेका छन् ।

सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ ५ बजेसम्मको समय दिएकी छन् । जसकारण पनि नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्नेमा दलहरूबीचको छलफल तीव्र बनेको छ ।


प्रतिकृया दिनुहोस्